गृहमन्त्री सुधन गुरुङ रसुवागढीमा
नेपाल–चीन सीमा नाका रसुवागढीमा गृहमन्त्री सुधन गुरुङ पुगेका छन्। आइतबार बिहान उनी नाकास्थलमा पुगेका हुन्।
सीमाक्षेत्रमा हुन सक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्ने उद्देश्यले मन्त्री गुरुङ शनिबार काठमाडौँबाट रसुवातर्फ प्रस्थान गरेका थिए।
रसुवामा कार्यरत एक प्रहरी अधिकृतका अनुसार उनले स्याफ्रुवेशी हुँदै रसुवागढी नाकासम्मको यात्रा गरेका हुन्। उनी बा.२ झ ४४६ नम्बरको गाडीमा रसुवा पुगेका थिए।
मन्त्री गुरुङ रसुवा जाँदै गर्दा शनिबार गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा दुर्घटना पनि भएको थियो। स्याफ्रुबेसीबाट धुन्चेतर्फ आउँदै गरेको अनटेष्ट गाडी त्रिशूली खोलातर्फ खसेको उक्त घटनामा उनी उद्धार तथा खोजी कार्यमा समेत संलग्न भएका थिए।
चिलिमे हाइड्रोपावरको पावर हाउस नजिक भएको दुर्घटनापछि भन्सार पास भएर आएको एसआरएम कम्पनीको गाडीका चालक रसुवाको कालिका गाउँपालिका घर भएका २२ वर्षीय सबिन तामाङ हालसम्म सम्पर्कविहीन छन्। नदीमा खसेको गाडी फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया