Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका हुन् ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । बैठकका लागि एजेन्डा तय हुन बाँकी छ ।

कांग्रेस सांसद गंगालक्ष्मी अवालले बैठकका लागि सूचना आएको र एजेन्डाबारे केही नबताइएको जानकारी दिइन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट