Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सभापति थापाले कांग्रेसका सांसदलाई प्रशिक्षण दिने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।

बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा सभापति थापाले प्रशिक्षण दिने भएका हुन् ।

दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने र सङ्घीय संसदमा कसरी यी विषय उठाउने भन्नेबारे पनि एजेन्डा तय गरिने जनाइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट