Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

विपक्षीको नाराबाजीबिच ३ विधेयक अगाडि बढ्यो


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपक्षीको विरोधबिच ३ विधेयक अगाडि बढाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको रोष्टममा नाराबाजी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स्थानबाट उठेर विरोधकाबिच ३ विधेयक अगाडि बढाएका छन् ।

सभामुख अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,’ ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ अगाडि बढाएका हुन् ।

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

विपक्षीको नाराबाजी र विरोधबिच सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका छन् । स्वीकृत भएका विधेयकमाथि संशोधनको पनि आह्वान भएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट