Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रवि लामिछानेलाई बाबुरामको सुझाव : ‘दिल्ली–काठमाडौंको गड्याङगुडुङबाट सचेत रहनुस्’


काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धका संवेदनशील विषयमा गम्भीर र सतर्क रहन सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले लामिछानेको भारत भ्रमण तथा नेपाल–भारत सम्बन्धबारे व्यक्त विचारको प्रशंसा गरेका छन्। उनले विकास साझेदारी र सांस्कृतिक सम्बन्धका विषय सकारात्मक भए पनि दुई देशबीचका जटिल र संवेदनशील पक्षलाई नजरअन्दाज गर्न नहुने बताएका छन्।
नेपाल–भारत सम्बन्ध लामो समयदेखि अविश्वास र विवादको चक्रमा अल्झिएको उल्लेख गर्दै भट्टराईले लामिछानेको भ्रमणले उक्त दुष्चक्र तोड्न योगदान पुर्‍याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै, काठमाडौं र दिल्ली दुवैतर्फ देखिएका राजनीतिक संकेतप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट