Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आज सकिँदै


काठमाडौं । नेकपा एमालेको ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज सकिँदै छ । आज अन्तिम दिन समूह नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

​समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी गर्दै पार्टीका तर्फबाट दिशानिर्देश हुने गरी सम्बोधन गर्ने जनाइएको छ । महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यशाला सम्पन्न हुने छ ।

एमाले ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ हिजोदेखि बबरमहलको कार्की ब्यांक्वेटमा सुरु भएको थियो । कार्यशालाको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट