Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

निर्वाचनमा पार्टी प्रवेशको लहर: चुनावपछि हराउँदै गएको आकर्षण


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनकाे पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीमा व्यापक रूपमा प्रवेश भएपछि उनले एमालेमा पहिराे जाने घाेषणा गरेका थिए । सबैभन्दा बढी उनकै पार्टीमा प्रवेश गर्नेकाे लर्काे लागेकाे थियाे । उनले २२ वटा पार्टी एकीरण गरेका थिए ।

निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरूमा प्रवेश गर्ने नेताहरूको लर्को लाग्ने परम्परा यसपटक पनि दोहोरिएको थियाे । स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्ताहरू सत्ता र अवसरको खोजीमा एक दलबाट अर्को दलमा प्रवेश गर्ने क्रम तीव्र देखियो । तर, चुनाव सकिएसँगै त्यो उत्साह र भीड एकाएक हराएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि दलहरूले मतदातालाई प्रभावित पार्न र मनोवैज्ञानिक दबाब सिर्जना गर्न ठूला तामझामसहित पार्टी प्रवेश कार्यक्रम आयोजना गरेका थिए । विशेषतः नेपाली कम्युनिष्ट पार्टीमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको प्रवेश भएको थियो । एमालेका पूर्व नेता लेखमान थापा, जयप्रकाश थारु तथा अभियन्ता सुमन सायमीजस्ता अनुहार उक्त पार्टीमा भित्रिएका थिए । तर अपेक्षित चुनावी परिणाम भने पार्टीले हासिल गर्न सकेन ।

नेपाली कांग्रेसमा पनि निर्वाचनको मुखमा उल्लेख्य संख्यामा नेताहरू प्रवेश गरेका थिए । एमालेका पूर्व मन्त्री रामवीर मानन्धर, जनार्दन ढकाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा कांग्रेसमा समाहित भएका थिए ।

त्यस्तै, नेकपा एमालेले पनि अन्य दलबाट केही प्रभावशाली नेताहरू भित्र्याएको थियो । एकीकृत समाजवादीका सुन्दर विश्वकर्मा, सीता गुरुङ र महेश विश्वकर्मालगायत एमालेमा प्रवेश गरेका थिए । रास्वपामा भने कांग्रेसका विक्रम खनाल र पूर्व माओवादीबाट मधेश प्रदेश सांसद बनेका रहबर अन्सारीको प्रवेश चर्चामा रह्यो ।

विश्लेषकहरूका अनुसार, ‘पार्टी प्रवेश’ को यो संस्कृति मूलतः अवसरवादसँग जोडिएको छ । सत्ता, पद र प्रभावको लोभमा नेताहरू दल परिवर्तन गर्ने भए पनि निर्वाचनपछि उनीहरूमध्ये धेरैजसो गुमनाम हुने गरेका छन् । अहिले चुनावपछिको शान्त अवस्थाले पनि त्यही यथार्थ देखाएको छ, जहाँ चुनावअघि देखिएको भीड र आकर्षण अहिले लगभग शून्यमा झरेको छ ।

यसले दीर्घकालीन रूपमा राजनीतिक संस्कृतिमा नकारात्मक असर पार्ने चिन्ता बढ्दै गएको छ । चुनावी फाइदाका लागि गरिने यस्तो प्रवेशले न त दलहरूलाई स्थायित्व दिन सकेको छ, न त जनविश्वास मजबुत बनाउन सकेको छ ।

प्रवेश गराउने नेताहरू पनि गुमनाम जस्तै छन् । उनीहरूकाे चाम पनि छैन ।अहिले त नेताहरूकाे वरपर उनका २४ सै घण्टा हिंड्ने परिवार सदस्य पनि बिस्तारै छाडेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट