धोबीखोलाको किनारका सुकुम्बासी बस्तीमा : डोजर आउनुअघि नै ढलेका सपना
काठमाडौं । धोबीखोलाको किनारमा फैलिएको सुकुम्बासी बस्ती अहिले असामान्य रूपमा शान्त छ । पूरा सन्नाटा छ । शनिवार र आइतबार सुकुम्बासी बस्तीमा डोजर चल्ने चर्चा चलेसँगै त्यहाँको हावा नै बदलिएको छ । राजधानी दैनिकको प्रेस नजिकैको यो बस्तीमा पुग्दा मानिसहरूका आँखामा एउटै प्रश्न छ, ञअब हाम्रे के हुन्छ रुझ
हामी त्यहाँ नयाँ मान्छेहरू पुग्दा उनीहरू चुपचाप टाढाबाट हेरिरहेका थिए । सोचे सायद केही नयाँ खबर आयो कि रु तर कोही पनि खुलेर बोल्न तयार थिएनन् । डर, अन्योल र अनिश्चितताले उनीहरूका शब्दहरू नै थुनिएका छन् ।
एकरदुई जनाले भने डराउँदै आफ्ना कुरा राखे । उनीहरूको अनुहारमा चिन्ता प्रष्ट देखिन्थ्यो । ञहामी कहाँ जाने रुझ तर धेरैजसो मानिसहरू क्यामेरामा देखिन नै तयार भएनन् । उनीहरूलाई डर छ, कतै बोलेको कारण थप समस्या त आउँदैन ?
२०५० सालदेखि बसोबास गर्दै आएका यी परिवारका लागि यो ठाउँ बासस्थान मात्रै होइन, जीवनको इतिहास हो । यहीँ उनीहरूले घर बनाए, सन्तान हुर्काए, दुःख–सुख बाँडे । तर आज त्यही घर भत्किने त्रासले उनीहरूको मन भारी बनेको छ ।
पहिले यस्ता बस्तीमा समस्या आउँदा राजनीतिक दलहरू साथमा उभिन्थे । आश्वासन दिन्थे, साथ दिने कुरा गर्थे । तर यसपटक अवस्था फरक छ । उनीहरू भन्छन्, ञअब त कसैमाथि भरोसा नै छैन ।झ उनीहरूले भरोसा गरेका दल र तिनका नेता हरू नै कमजोर बनेका छन् ।
अनौपचारिक कुराकानीमा उनीहरूको अर्को चिन्ता पनि सुनिन्छ । ञसरकारले त पहिले भ्रष्टाचारीलाई कारबाही गर्ने भनेको थियो, अहिले अचानक हाम्रो बस्तीमै ध्यान किन रुझ उनीहरूलाई शंका छ, कतै ध्यान अन्तैबाट मोड्न त खोजिएको होइन रु
यी प्रश्नहरूको जवाफ कसैसँग छैन । तर बस्तीभित्र पस्दा देखिने अनुहारहरूमा पीडा स्पष्ट छ । उनीहरू ठूलो कुरा चाहँदैनन् केवल सुरक्षित बास ।
यो वस्तीमा तत्काल डोजर आउने वा नआउने अझै निश्चित छैन । तर त्यो आउनुअघि नै यहाँका मानिसहरूको मनमा डरको डोजर भने चलिसकेको छ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया