Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

राहदानी खरिद प्रकरणमा बयानका लागि अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बोलायो


काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणमा अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मनीको सम्बन्धित कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।

आयोगले बिहीबार द राइजिङ नेपाल अंग्रेजी पत्रिकामा सार्वजनिक सूचना जारी गरी जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि उपस्थित हुन भनेको हो ।

अख्तियारले जर्मन कम्पनीहरू मुलबाउर र भेरिडोसका प्रतिनिधिलाई बोलाएको छ । अख्तियारले हस्ताक्षरकर्ताको नाम–ठेगाना तोकेर बयानमा उपस्थित हुन भनेको छ ।

अख्तियारले उनीहरूलाई टंगालस्थित केन्द्रीय कार्यालय वा भर्चुअल माध्यमबाट तोकिएको समयसीमा भित्र उपस्थित हुन भनेको छ । तर, पत्रिकामा प्रकाशित सूचनामा भने समयसीमा खुलाइएको छैन ।

ई–पासपोर्ट छपाइमा भएको अनियमितताको आरोपमा जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्लसहित चार जनालाई अख्तियारले पक्राउ गरिसकेको छ ।

आयोगले सो प्रकरणसँग सम्बन्धित थप कागजात तथा सम्झौता प्रक्रियासमेत अध्ययन गरिरहेको जनाएको छ ।

हेर्नुहोस् सूचना

CIAA-notice-1781750966.jpg

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट