सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
काठमाडौं । सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् । परिश्रमी बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका हुन् ।
सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेसँगै परिश्रमी पक्राउ पर्नुले उक्त घटनासँग जोडेर समेत हेर्ने गरिएको छ । यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको आरोप थियो । त्यतिबेला परिश्रमीविरुद्ध मुद्दा चलेको थियो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया