Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुर मन्त्रालय तानिए


काठमाडौं । सअर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेका छन् । सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेका व्यवसायीत्रय दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासँग नाम जोडिएपछि उनलाई महानिर्देशबाट हटाइएको हो ।

उनको ठाउँका नयाँ महानिर्देशक पठाउने तयारी भइरहेको जनाइएको छ । ठाकुरलाई निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले पनः विभाग नेतृत्वमा पठाएका थिए । यसअघि २०७८ सालमा पनि उनी विभागका महानिर्देशक थिए ।

अघिल्लो सुशीला कार्की नेतृत्वको सरकारका पालामा ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा लगिएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट