विपद्जन्य घटनामा परेर १२ दिनमै २३ जनाको मृत्यु
काठमाडौँ । विपद्जन्य घटनामा परेर नयाँ बर्षयताका १२ दिनमै २३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा परेर थप ७३ जना घाइते भएका छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, विपद्जन्य घटनामा परेर ५२७ परिवार प्रभावित भएका छन् । महतका अनुसार सबैभन्दा बढी आगलागीमा परेर सात जनाको ज्यान गएको छ ।
त्यसैगरी चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रधिकरणले जनाएको छ । यस्तै वन डढेलोबाट एक, सर्प दंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी आगलागीबाट थप २४ जना घाइते भएका छन् ।हुनेमा सर्प दंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएको प्राधिकरणले जनाएको छ । विपद्जन्य घटनामा परेर १२ दिनमै २३ जनाको मृत्युु ७३ घाईते
क्याटेगोरी : समाचार













प्रतिक्रिया