नेपाली आकाशमा प्रवेश गर्दै डाँफे एयर
काठमाडौं । नेपालको आन्तरिक हवाई उडानमा नयाँ वायुसेवा कम्पनी ‘डाँफे एयरलाइन्स’ले सेवा सञ्चालनको तयारी थालेको छ । आक्रामक बजार विस्तारको योजनासहित आएको यस वायुसेवाले आगामी दशैंको अवसर पारेर असोजदेखि उडान सुरु गर्ने तयारी गरेको हो ।
सन् २०२३ मा सिंगल इन्जिन वायुसेवा कम्पनी मकालु एयरलाई खरिद गरेर नयाँ व्यवस्थापनका साथ डाँफे एयरलाइन्सले सेवा विस्तार गर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट जहाज ल्याउन नो अब्जेक्सन लेटर ९एनओसी० पाइसकेको यस वायुसेवाले एटीआरको अत्याधुनिक सिरिज एटीआर ७२(६०० खरिद गर्दैछ । सेवा सुरु गरेको तीन वर्षभित्रै ७ वटा एटीआर र थप ३ वटा जेटस्ट्रिम जहाज ल्याएर सेवा दिने रणनीति बनाइएको छ ।
क्यानबाट एनओसी लिएर जहाज ल्याउने तथा पाइलट र कर्मचारी व्यवस्थापनको प्रक्रिया पनि सुरु भइसकेको छ ।
आगामी भदौ १५ भित्रै डाँफेले आफ्नै ब्रान्डमा जहाज भित्र्याउने र आवश्यक तयारी पूरा गरी दशैंदेखि उडान सुरु गर्ने योजना छ । दशैं अगाडि नै तीनवटा जहाजमार्फत उडान सुरु गर्ने गरी काम भइरहेको छ। डाँफेले ल्याउन लागेका जहाजहरू नेपालमा हाल सञ्चालनमा रहेका अन्य एटीआर जहाजको तुलनामा अत्याधुनिक ग्लास ककपिट प्रविधियुक्त हुनेछन् । यात्रुको सुविधाका लागि ८ देखि १० वटा प्रिमियम सिटसहितका विशेषता डाँफेका जहाजमा हुनेछन् ।
डाँफेले पोखरालाई आधार विमानस्थल ९बेस० बनाएर प्रादेशिक कनेक्टिभिटीमा जोड दिने रणनीति लिएको छ । पोखराबाट महेन्द्रनगर, भद्रपुर, भरतपुर, भैरहवा र सिमरा जस्ता सहरहरूमा सिधा उडान भर्ने डाँफेको योजना छ । यसका साथै काठमाडौंबाट पनि विभिन्न सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने तयारी गरिएको छ ।
कम्पनीले तीन वर्षभित्र ७ वटा एटीआर र ३ वटा जेटस्ट्रिम गरी जम्मा १० वटा जहाज पुर्याउने लक्ष्य राखेको छ । जेटस्ट्रिम जहाजहरूलाई विशेष गरी भरतपुर, सिमरा र तुम्लिङटार जस्ता छोटो धावनमार्ग भएका विमानस्थलमा प्रयोग गरिने र एटीआरलाई अन्य सहरी क्षेत्रका विमानस्थलहरु मा प्रयोग गरिने जनाइएको छ ।
यसले काठमाडौंबाट माउन्टेन, तुम्लिङटार, भद्रपुर, विराटनगर,जनकपुर, सिमरा, पोखरा, भतरपुर, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीमा उडान गर्ने योजना नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको छ ।
लामो समयदेखि आन्तरिक उडानमा प्रभुत्व जमाएका बुध्द एयर, यति एयरलाइन्स र प्रतिस्पर्धी क्षमता बढाउँदै लगेको श्री एयरलाइन्ससँग प्रतिस्पर्धा गर्ने गरी डाँफेले आफ्नो बजार रणनीति तयार गरेको छ ।
उड्डयन प्राधिकरणको नियम अनुसार जहाज ल्याउने अनुमति ९एनओसी० पाएपछि सम्बन्धित कम्पनीले एक वर्षभित्र जहाज ल्याइसक्नुपर्छ ।
प्राधिकरणका अनुसार डाँफे एयरसँगै हेलि नेपाल र सगरमाथा हेलिकप्टरले पनि एनओसी लिएका छन् । हेलिकप्टर कम्पनीमध्ये सगरमाथाले माउन्टेन हेलिकप्टरको एउटा जहाज खरिद गरिसकेको छ भने उक्त हेलिकप्टर सगरमाथाको नाममा नामसारी हुने प्रक्रियामा रहेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया