कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुम्बासी पक्राउ
काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरबाट एक जना सुकुम्बासी पक्राउ परेका छन् । होल्डिङ सेन्टरमा बस्दै आएका भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ परेको हो ।
होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा तामाङ पक्राउ परेका हुन् ।
आरोपीले सुकुमबासी समस्या समाधान नभएर ‘खुकुरी हान्छु’ भनेर सामाजिक सञ्जालमा खुकुरी समेत प्रदर्शन गरेको आरोप छ । आरोपीबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया