Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सरकारका प्रवक्ता भन्छन्– टीयू क्रिकेट मैदान भत्किँदैन


काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू) परिसरमा रहेको क्रिकेट मैदान भत्किने हल्ला असत्य रहेको बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले टीयू खेलमैदानबारे उठेका जिज्ञासाको जवाफ दिएका हुन् । मन्त्री पोखरेलले सोमबार बिहान मात्रै टीयू पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै मैदान भत्काउने कुनै योजना नभएको स्पष्ट पारे ।

पहिलेको लिज सम्झौता सकिएको छ, अब नयाँ ढाँचामा भाडा सम्झौता हुन्छ, उनले भने,राज्यको यति ठूलो लगानी भएको संरचना भत्किँदैन । सकिएको लिजलाई नयाँ सम्झौतामार्फत निरन्तरता दिइन्छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट