Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच झडप


काठमाडौं । माइतीघर मण्डलामा आन्दोलनमा रहेकी शोभा पाठक र एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतबीच झडप भएको छ । सोमबार मध्याह्न उनीहरूबीच झडप भएपछि प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ।

सुधन गुरुङको पुनर्वहालीको माग गर्दै पाठक, रस्मिला धामीलगायत महिलाहरू माइतीघरमा धर्नामा बसेका थिए । सोही क्रममा अम्बिका आफ्ना समर्थकसहित त्यहाँ पुगेपछि विवाद चर्किँदा झडप भएको थियो । त्यसपछि दुवै पक्षबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो ।

प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई छुट्याएको थियो र अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएर लगेको छ ।

केही दिनअघि शोभा पाठकले महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशन बसेकी थिइन् । त्यतिबेला तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । गुरुङले राजीनामा दिएपछि शोभाले अनशन तोडेकी थिइन् र अहिले उनको पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेकी छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट