शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
काठमाडौं । शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारीसमा समस्या सम्बोधन गरिने जानकारी दिए।
मन्त्रीले उक्त समस्या समाधान गर्न चार सदस्य समिति गठन गरेका छन् । कार्यदलले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको मार्गचित्र तयार पारी समाधानका उपाय एवम तरिका मन्त्री समक्ष सिफारिस गर्नु पर्नेछ ।
वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जसँग स्तरोन्नतिका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानन्तरण गर्दा विभिन्न समस्या समाधान हुन नसकेकाले निकुञ्जबाट विस्थापित परिवारहरुको व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्री चौधरीले जानकारी दिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया