Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

जडीबुटीमा यात्रुलाई हैरानी गरेको आरोपमा ३२ जना पक्राउ


काठमाडौं । यात्रु तानातान गरेको आरोपमा जडीबुटी क्षेत्रबाट ३२ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

यात्रुहरुलाई जबरजस्ती गाडीमा हाल्ने, झोला तान्ने र दुस्ख हैरानी दिने गरेको गुनासोपछि पक्राउ गरिएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट