Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा सञ्चालन


काठमाडौं । पहिरोका कारण प्रभावित भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो ।

बिहान ५ः४५ बजे पहिरो खसेपछि तुइनखोलामा सडक एकतर्फी रुपमा मात्रै सञ्चालन भएको थियो । अहिले सडक पूर्ण रुपमा सञ्चालन भइसकेको छ ।

भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको उनले बताउ । पानीधारमा पहिरो भने बिहानै हटाइएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट