Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन


काठमाडौं । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो ।

यसको विरोधमा आज बिहानै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदान गरेका हुन् ।

प्रदर्शनको कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट