Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्ने बाटो खुल्यो, यस्ता छन् सर्त


काठमाडौं । स्थानी तहले कम्पनी दर्ता र शेयर खरिद गर्ने बाटो खुलेको छ। कम्पनी रजिस्ट्रारको कार्यालय एक सूचना जारी गर्दै अब स्थानीय तहले कम्पनी दर्ता तथा शेयर खरिद गर्न सक्ने जानकारी गराएको हो।

‘सौर्य उर्जालगायतका क्षेत्रमा कम्पनी संस्थापना तथा शेयर लगानी गर्ने गरी विभिन्न स्थानीय तहवाट अनुरोध भई आएको छ’, सूचनामा भनिएको छ, ‘यस कार्यालयको वैशाख २५ गतेको निर्णयानुसार स्थानीय तहले प्रचलित कानुनबमोजिमका पूरा गरी कम्पनी दर्ता गर्न तथाा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरिएको छ।

यस्ता छन् सर्त

-स्थानीय तहले यस सम्बन्धमा आफ्नो कानुन बनाई निर्णयसमेत गर्नुपर्ने।
-कम्पनी ऐन, २०६३ एवं सम्बन्धित प्रचलित कानुनहरुबमोजिम गर्नुपर्ने।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट