गृहमन्त्री नहुँदा रोकियो प्रहरी सरुवा
काठमाडौं । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठुलो संख्यामा सरुवा रोकिएको छ । गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्मको सरुवा रोकिएको हो ।
प्रहरी नियमावली २०७१ अनुसार अधिकृतहरूको सरुवा हरेक एक वर्षमा हुन्छ । २०८२ वैशाख १० मा प्रहरी प्रधान कार्यालयले ३११ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । कार्यअवधि पूरा भएका ती इन्स्पेक्टरमध्ये चैत २ मा २४ जनालाई काज सरुवा गरिएको छ । अरुको सरुवा भएको छैन ।
तर मन्त्रीको कारण देखाउँदै अहिले प्रहरीको सरुवा रोकिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपी र डीआईजीको सरुवा हुन्छ । त्यस्तै अहिले केही एसएसपीहरूको सरुवाको चर्चा पनि सुरु भएको छ ।
काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जस्ता कार्यालयहरू एसएसपीका लागि आकर्षक मानिन्छन् ।
ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको एक वर्ष पूरा हुन केही दिन बाँकी छ । तर काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालयका एसएसपीको भने एक वर्ष पूरा भएको छैन । पछिल्लो ५र७ वर्षको तथ्यांक केलाउने हो भने काठमाडौंमा एक वर्ष पूरा गर्ने एसएसपी पाउन मुस्किल छ ।
६ महिना पूरा हुनुलाई नै सफलता मान्ने चलन काठमाडौं । जेनजी आन्दोलनपछि लथालिंग बनेको काठमाडौंको कमान्ड एसएसपी रमेश थापाले समातेका थिए । त्यसयता अहिले एउटा लयमा प्रहरी फेर्केको बताइएको छ ।
आकर्षक मानिएका यी ठाउँहरुको कमान्डका लागि एसएसपी दयानिधि ज्ञवाली, दिलिप घिमिरे, अजय केसी, प्रवीण धिताल, सुरेश काफ्ले, सुवास बोहोरालगायत एसएसपीहरूको चर्चा गरिएको छ ।
चुनावी सुरक्षा योजना, इन्टेलिजेन्स र जेनजी आन्दोलनमा ज्ञवालीमा उत्कृष्ट काम गरेका थिए । उनी अहिले कार्य विभागमा छन् । संघीय राजधानीलाई सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ । ज्ञवालीजस्तै घिमिरे, केसी लगायतले आ–आफ्नो दाबी राखेका छन् ।
काठमाडौं नपाएको अवस्थामा अन्य युनिटको इन्चार्जका लागि उनीहरूको लबिइङ तीव्र छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया