साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने
काठमाडौं । सरकारले साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्मा आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना किसानलाई लक्षित गरी बाली तथा पशुधन बीमालाई थप प्रभावकारी बनाइने बताएका हुन् ।
नीति तथा कार्यक्रममा बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच सहज बनाइने उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया