सरकारले ठूला खरिदमा खुला सार्वजनिक खरिद नीति लागु गर्ने
काठमाडौं । विस्तृत आयोजना प्रतिवेदन, वातावरणयि मुल्यांकन र अग्गा अधिग्रहण नभएका आयोजनामा सरकारले बजेट विनियोजन नगर्ने घोषणा गरेको छ । संघिय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।
सरकारले साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने शून्य दिन खरिद नीति लागु गर्ने घोषणा गरेको छ । यसबाट असारमा केन्द्रित खर्च विकृति रोक्ने घोषणा सरकारले गरेको छ । त्यस्तै ठूला खरिदहरुमा खुला सार्वजनिक खरिद नीति लागु गर्ने घोषणा गरिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया