नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपा, ललितपुरमा दिउँसो २ बजेका लागि तय गरिएको बैठक केही ढिलागरी सुरु भएको हो ।
बैठकमा संसदीय दलको नेता चयन, पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक कार्यक्रम तथा इतर समूहका गतिविधि लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । पार्टीभित्र पछिल्ला राजनीतिक गतिविधि, शक्ति सन्तुलन र आगामी रणनीति तय गर्ने दृष्टिले यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।
यसअघि बसेको नेपाली कांग्रेस अनुशासन समितिको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्णबहादुर खड्का सँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।
अनुशासन समितिले खड्काले पार्टीको जिम्मेवारीमा रहँदै पार्टीको लेटरहेड दुरुपयोग गरी अनाधिकृत वक्तव्य जारी गरेको आरोपमा सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने निर्णय गरेको हो । उक्त घटनाले पार्टीभित्र आन्तरिक अनुशासन, निर्णय प्रक्रिया र जिम्मेवारीको विषयमा बहस चर्किएको छ ।
कार्यसम्पादन समितिको आजको बैठकमा अनुशासन समितिको उक्त निर्णयबारे समेत छलफल हुन सक्ने स्रोतहरूले जनाएका छन् । साथै संसदीय दलको नेता चयन प्रक्रिया, सम्भावित उम्मेदवारी, तथा पार्टीभित्र देखिएका विभिन्न समूहगत गतिविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि मुख्य एजेण्डाका रूपमा रहेको छ ।
पार्टी नेतृत्वले आगामी राजनीतिक चुनौती, सरकारसँगको सम्बन्ध तथा संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने रणनीतिबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया