Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट