Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

नवनियुक्त प्रधान न्यायाधीश शर्माले गरे पदभार ग्रहण


काठमाडौं । नवनियुक्त प्रधान न्यायाधीश मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरे लगत्तै शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।

संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। शपथ लिएसँगै प्रधानन्यायाधीश शर्माले पदभार सम्हालेका हुन्।

उनलाई आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट