Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

म्याद गुज्रिएको बेकरी बेच्ने बेकर्स क्रिएसनलाई २ लाख बढी जरिबाना


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं खसीबजारमा रहेको बेकर्स क्रिएसन प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

बिहीबार अनुगमनका क्रममा उक्त बेकरीले म्याद गुज्रिएका बेकरी बिक्री गरिरहेको भेटिएपछि विभागले नगद जरिबाना तिराएको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको पाइएपछि सोही ऐनको दफा ३९ (१) (ख) अनुसार कम्पनीलाई तत्काल जरिबाना तिराइएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा विभागले अन्य १५ वटा उद्योग तथा फर्महरूमाथि पनि कारबाही र निर्देशन जारी गरेको छ ।

सूर्यविनायकको जय श्रीकृष्ण डेरी उद्योग र शंखमुलको घिमिरे नमुना डेरीलाई व्यवसायसँग सम्बन्धित कागजातहरू सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै, अन्य १३ वटा फर्महरूलाई विभागले सचेत गराउँदै सामान्य निर्देशन दिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट