Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

यती एयरलाइन्सको चार्टर फ्लाइटबाट जगद्गुरु शंकराचार्य नेपाल आउँदै


काठमाडौं । जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन् । उनी जेठ ९ गते यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत् नेपाल आइपुग्ने कार्यक्रम छ ।

उनलाई नेपाल ल्याउनका लागि जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।

उक्त धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट