Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज


काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गरेको छ।

अदालतले चार दिन भित्र अनुसन्धानका सबै कार्य पूरा गरेर जिल्ला अदालत पर्सामा पेस गर्नु भनी जिल्ला प्रहरी कार्यालय पर्साको नाममा परमादेश जारी गरेको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए।

पछिल्लो पटक प्रसाईँ सोमबार जेठ ४ गते राति वीरगञ्बाट पक्राउ परेका थिए । उनलाई पछिल्लो समय पर्सा जिल्ला अदालतले ४ दिन म्याद थप गर्न अनुमति दिएको थियो। प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिएको थियो ।

प्रसाईँले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट दिएको अभिव्यक्तिले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने तथा सरकारप्रति अवहेलना सिर्जना गर्ने खालको रहेको प्रहरीको दाबी छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट