Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

संयुक्त राष्ट्रसंघको प्रमुख समितिको नेतृत्वमा नेपाल, कूटनीतिक क्षेत्रमा ऐतिहासिक सफलता


काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय महासभा यूएनजीए को ८१औँ अधिवेशनअन्तर्गत निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी प्रथम समितिको अध्यक्षमा निर्वाचित भएको छ। यसलाई नेपालको कूटनीतिक यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा तथा निःशस्त्रीकरणप्रति नेपालले लामो समयदेखि देखाउँदै आएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय समुदायले गरेको सम्मानस्वरूप यो जिम्मेवारी प्राप्त भएको बताइएको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले समितिको अध्यक्षमा निर्वाचित भएपछि सदस्य राष्ट्रहरूको विश्वास र समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट