Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

कोरला नाका हुँदै भित्रिएका ७ सय ७५ विद्युतीय सवारी नियन्त्रणमा


काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको हो ।

बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।

बरामद गाडी नम्बर प्लेट बिनाका हुन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने जनाइएको छ । बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशङ्का गरिएको छ । कास्की र पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट