Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

मार्सल आर्ट्सका विश्वप्रसिद्ध अभिनेता जेट ली नेपाल आइपुगे


काठमाडौं । विश्वप्रसिद्ध मार्सल आर्ट्स खेलाडी तथा चर्चित अभिनेता जेट ली नेपाल आइपुगेका छन्। उनको नेपाल आगमनसँगै सामाजिक सञ्जालमा स्वागत र शुभकामनाको लहर चलेको छ।

‘वन्स अपन अ टाइम इन चाइना’, ‘हिरो’, ‘फियरलेस’, ‘द एक्सपेन्डेबल्स’ लगायतका चर्चित चलचित्रमार्फत विश्वभर लोकप्रिय बनेका जेट लीको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

उनको भ्रमणको उद्देश्यबारे औपचारिक जानकारी सार्वजनिक नभए पनि नेपाल आगमनले पर्यटन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नेपाल आएका जेट लीलाई विभिन्न क्षेत्रका व्यक्तित्व तथा उनका प्रशंसकहरूले स्वागत गरिरहेका छन्।

“वेलकम टु नेपाल, जेट ली”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट