काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन डिजिटल बनाइने, ‘फेसलेस सिस्टम’ अघि बढाउने योजना
काठमाडौँ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित एकीकृत डिजिटल प्रणाली लागू गर्ने तयारी भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले परम्परागत रूपमा हातको इसारामा आधारित ट्राफिक व्यवस्थापनलाई अब डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी कार्यशालामा बोल्दै उनले एउटै नियन्त्रण कक्ष कन्ट्रोल रुम बाट सम्पूर्ण ट्राफिक व्यवस्थापन सञ्चालन गर्ने अवधारणामा काम भइरहेको जानकारी दिए।अधिकारीका अनुसार ट्राफिक प्रहरी र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क घटाउँदै ‘फेसलेस ट्राफिक व्यवस्थापन’ प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ, जसले पारदर्शिता बढाउने र सम्भावित विवाद कम गर्ने अपेक्षा गरिएको छ।
उनले भदौ २३–२४ पछिको परिस्थितिले सडक अनुशासन र ट्राफिक व्यवस्थापनमा असर पारेको उल्लेख गर्दै त्यसपछि सुधार र पुनःस्थापनाका क्रममा डिजिटल प्रणालीलाई प्राथमिकतामा राखिएको बताए।सवारी दुर्घटना न्यूनीकरण, नियम कार्यान्वयन र स्मार्ट ट्राफिक व्यवस्थापनलाई आगामी प्रमुख प्राथमिकता बनाइने पनि उनले स्पष्ट पारे।
क्याटेगोरी : समाचार













प्रतिक्रिया