सिंहदरबारका विभिन्न जिम्मेवारीमा युवाको सक्रिय सहभागिता, सरकारी कामकाजमा नयाँ पुस्ताको उपस्थिति बढ्दै
काठमाडौं । जेन–जी आन्दोलनमा सक्रिय रूपमा देखिएका केही युवा अहिले सरकारका विभिन्न संयन्त्र र जिम्मेवारीमा संलग्न भएका छन्।
सिंहदरबारस्थित ‘हेलो सरकार’ गुनासो व्यवस्थापन डेस्कमा ऋषि जङ्ग थापा कार्यरत छन्। उनी नागरिकका गुनासा सुन्ने तथा सम्बोधन प्रक्रियालाई सहजीकरण गर्ने जिम्मेवारीमा छन्।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरेन्द्र बजगाईंले मिडिया तथा प्रेस व्यवस्थापन सम्हालिरहेका छन् भने विवेक मिश्र प्रधानमन्त्रीको सूचना प्रविधि आईटी सल्लाहकारका रूपमा कार्यरत छन्।
शिक्षा, पूर्वाधार तथा संसदीय गतिविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा पनि युवाको सहभागिता बढेको बताइएको छ। सस्मित, सुनिल लम्साल, केपी खनाल, सागर ढकाल र प्रशान्त उप्रेतीलगायत विभिन्न जिम्मेवारीमा आबद्ध रहेको उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया