Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं । गोकर्णेश्वर नगरपालिका का वडा नं। २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ देखिएपछि प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, अण्डा तथा दाना नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाइएको नगरपालिकाले जनाएको छ।
संक्रमण फैलिन नदिन पन्छी फार्ममा अनावश्यक आवतजावत रोक लगाइएको छ भने अनिवार्य निसंक्रमण, जैविक सुरक्षा उपायको पालना र पन्छीजन्य उत्पादनको ओसारपसारमा भेटेरिनरी प्रमाणपत्र अनिवार्य गरिएको छ।
नगरपालिकाले मासु तथा अण्डा राम्ररी पकाएर मात्र सेवन गर्न र ठूलो संख्यामा पन्छी बिरामी वा मृत भेटिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट