Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

मन्त्री गीता चौधरीको पहलपछि डीडीसीद्वारा किसानलाई दैनिक १ करोड भुक्तानी


काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी को पहलपछि दुग्ध विकास संस्थान ले दूध किसानको बक्यौता भुक्तानी प्रक्रिया तीव्र बनाएको छ।

डीडीसीले हाल दैनिक करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिरहेको जनाएको छ। पछिल्लो चार महिनामा संकलित ५८ करोड रुपैयाँ बक्यौतामध्ये १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने आगामी १३ गतेभित्र थप एक महिनाको रकम भुक्तानी गर्ने तयारी छ।

संस्थानका अनुसार बाँकी करिब ४६ करोड रुपैयाँ पनि आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा किसानको खातामा पठाइनेछ। मन्त्री चौधरीले किसानको हितलाई केन्द्रमा राखेर समस्या समाधानका लागि आवश्यक समन्वय भइरहेको बताएकी छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट