सशस्त्र प्रहरी हेडक्वाटरको आगलागी छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन
काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वाटरस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी हेडक्वाटरले डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई तोकिएको समयसीमा (हदम्याद) नराखिएको भए पनि सकेसम्म छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
बुधबार राति करिब ८ बजे हेडक्वाटरको सवारी शाखामा आगलागी भएको थियो। घटनामा केही सवारी साधनमा क्षति पुगेको बताइएको छ। बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
यसअघि पनि सशस्त्र प्रहरी हेडक्वाटर र सतंगलस्थित स्टोरमा आगलागीका घटना भइसकेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया