टीकापुरमा शनिबारदेखि उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन, ‘टीकापुर घोषणापत्र’ जारी हुने
काठमाडौँ । संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई सुदृढ गर्ने उद्देश्यले उच्चस्तरीय अन्तर(व्यवस्थापिका सम्मेलन शनिबारदेखि सुदूरपश्चिमको टीकापुरमा सुरु हुँदैछ।
जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद डीपीअर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रूबी कुमारी, उपाध्यक्ष लिला कुमारी भण्डारीलगायत संघीय तथा प्रदेश सभाका पदाधिकारीहरू धनगढी आइपुगेका छन्।
शनिबार बिहान ८ः३० बजे सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन सत्र हुनेछ। प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त रूपमा सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पनि शुभकामना मन्तव्य दिनेछन्। बन्द सत्रमा संसदीय अभ्यास, कानुन निर्माण र डिजिटल संसदजस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। त्यसपछि संघीयता कार्यान्वयन, सभा सञ्चालनका असल अभ्यास र अन्तर(व्यवस्थापिका समन्वयबारे विस्तृत छलफल हुने कार्यक्रम छ।
सम्मेलनको दोस्रो दिन ‘टीकापुर घोषणापत्र’ जारी गरिनेछ, जसको मस्यौदा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले प्रस्तुत गर्नेछन्। छलफलपछि पारित घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन सम्पन्न हुने छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया