नेपालले ह्वाट्सएपजस्तै आफ्नै मेसेजिङ एप विकास गर्दै
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल सरकारले ह्वाट्सएपजस्तै आफ्नै मेसेजिङ एप विकास गर्ने तयारी गरिरहेको बताएका छन्।
उनका अनुसार डिजिटल पूर्वाधारलाई सुदृढ बनाउने, सरकारी तथा सार्वजनिक सञ्चारलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित स्वदेशी मेसेजिङ प्लेटफर्म निर्माणको काम अघि बढाइएको हो।
सरकारले विकास गर्न लागेको उक्त एपमा सन्देश आदानप्रदान, अडियो–भिडियो कल लगायतका सुविधाहरू समावेश गरिने अपेक्षा गरिएको छ। यसले डेटा सुरक्षा, डिजिटल सार्वभौमिकता तथा सूचना प्रविधि क्षेत्रमा स्वदेशी क्षमताको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
यद्यपि, एपको नाम, सञ्चालन मोडालिटी तथा सार्वजनिक प्रयोगका सम्बन्धमा थप विवरण भने सार्वजनिक गरिएको छैन।
क्याटेगोरी : समाचार













प्रतिक्रिया