Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

पश्चिम तराईमा आज पनि उस्तै गर्मी


काठमाडौं । पश्चिम तराईमा आज पनि गर्मी कायमै रहेको छ । पछिल्लो २४ घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शितल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो । पछिल्लो एक घण्टामा गण्डकी, बामगती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रमा भने मौमस बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट