महावीर पुनलाई विज्ञान मन्त्रालयको जिम्मेवारी, सुधन गुरुङ पुनः गृह मन्त्रालयमा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका छन्।
यस्तै, प्रधानमन्त्री शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन्। यसअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र गृह मन्त्रालय दुवै प्रधानमन्त्री शाहले आफैँ सम्हाल्दै आएका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नवनियुक्त मन्त्रीद्वय महावीर पुन र सुधन गुरुङको शपथ ग्रहण कार्यक्रम मंगलबार दिउँसो ३ बजे तय गरिएको छ।
सरकारको यो निर्णयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको सुदृढीकरण तथा गृह प्रशासनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया