स्वस्तिका लामिछानेको बागमती प्रदेश अधिवेशनमा उम्मेदवारी घोषणा
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ स्वस्तिका लामिछानेले बागमती प्रदेशको पहिलो अधिवेशनमा खुल्ला महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै लामिछानेले पार्टीको नीति, सिद्धान्त र मूल्यलाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनमा सहभागी भएको बताएकी छन्। उनले पार्टीभित्र जिम्मेवार भूमिका निर्वाह गर्दै प्रदेश संगठनलाई अझ प्रभावकारी र जनमुखी बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
हेटौँडामा आजदेखि सुरु भएको रास्वपा बागमती प्रदेशको पहिलो अधिवेशनलाई पार्टी संगठन विस्तार तथा नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
यसअघि स्वस्तिका लामिछाने महिलातर्फको खुल्ला कोटाबाट सह-महामन्त्री पदमा उम्मेदवारी दिने चर्चामा रहे पनि अन्ततः उनले खुल्ला महिलातर्फ उम्मेदवारी घोषणा गरेकी हुन्।
अधिवेशनमा प्रदेश नेतृत्व चयनका लागि विभिन्न पदमा आकांक्षीहरूको उम्मेदवारी दर्ता भइरहेका छन् भने नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूबीच उत्साह देखिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया