Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

विश्वकप फुटबलमा आजदेखि प्रि–क्‍वाटरफाइनलका खेल हुने


काठमाडौं । फिफा विश्वकप फुटबलमा प्रि–क्वाटरफाइनलका खेल आजदेखि सुरू हुँदैछन् ।

प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे सहआयोजक क्यानडा र मोरक्को तथा भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ ।

यस पटकको विश्वकपको प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।

नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो । चार पटकको पूर्वविजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केब भर्डेजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट