जनकपुरबाट पोखरातर्फ जान लागेको बस मकवानपुरमा दुर्घटना, नौजना घाइते
मकवानपुर । जनकपुरबाट पोखरातर्फ जान आउँदै गरेको ना६ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा नौजना घाइते भएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वाइन्टनजिकै बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेका यात्रुलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौजनालाई थप उपचारका निम्ति हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
बसमा ३०–३५ जना सवार र अरू यात्रु सामान्य रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बसका चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ का ५० वर्षीय धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानका निम्ति नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया