अतिक्रमित सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन : आइतबारदेखि डोजर चल्ने
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई अविलम्ब हटाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक उच्चस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री शाहले लामो समयदेखि सार्वजनिक सम्पत्तिमाथि कब्जा जमाएर बस्दा विकास निर्माणका कामहरू ठप्प भएको र सहरी सुन्दरता तथा वातावरणमा समेत प्रतिकूल असर पुगेको भन्दै आगामी आइतबारदेखि नै अतिक्रमण हटाउने अभियान तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन्।
लामो समयदेखि विवादित बन्दै आएको सार्वजनिक जग्गा अतिक्रमणको समस्यालाई अब थप समय दिन नसकिने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई तत्काल कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरेका छन्।
बैठकमा प्रधानमन्त्री शाहले जस्तोसुकै दबाब वा अवरोध आए पनि कानुनको कार्यान्वयन गर्दै सार्वजनिक जग्गा सरकारको नियन्त्रणमा ल्याउन कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिएका छन्। यसका लागि आवश्यक पर्ने सुरक्षा प्रवन्ध मिलाउन र स्थानीय प्रशासन तथा सम्बन्धित नगरपालिकासँग समन्वय गरी अतिक्रमणकारी संरचनाहरू भत्काउने काम अघि बढाउन सुरक्षा प्रमुखहरूलाई भनिएको छ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया