राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्न थप दुई जना पक्राउ
काठमाडौं । राहदानी छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
पक्राउ परेकामाथि राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ । यसअघि पनि सोही प्रकरणमा केही व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको थियो ।
पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद समेत थप भइसकेको छ।
यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध ४ दिनको म्याद थप भएको थियो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया