विदेशी मुद्राको विनिमयदर: डलरको बिक्रीदर १५२ रुपैयाँ ७० पैसा कायम
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ मूल्य सूचीअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०२ रुपैयाँ २७ पैसा पुगेको छ।त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रुपैयाँ २० पैसा तोकिँदा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा कायम भएको छ।
सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।खाडी मुलुक र अन्य प्रमुख गन्तव्यहरूको विनिमयदर हेर्दा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा रहँदा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा तोकिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम भएको छ। यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ भने साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा तोकिएको छ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया