Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बैठक जारी


काठमाडौं । आगामी केही दिनभित्र मनसुन सुरु हुने अनुमानबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।

मनसुनजन्य बाढी, पहिरो तथा अन्य सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समन्वय र आपतकालीन प्रतिकार्य योजनाबारे बैठकमा छलफल भइरहेको बताइएको छ।

सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै विपद् व्यवस्थापनलाई चुस्त बनाउनुपर्ने विषयमा पनि बैठक केन्द्रित रहेको जनाइएको छ।

प्राधिकरणले मनसुन सुरु हुनु अघि नै जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार सामग्रीको तयारी तथा आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउने तयारी गरिरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट