सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ४१ करोड
काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ४१ हजार १०४ पटकको कारोबारमा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको ७७ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ०।८६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडिबी होल्डिङ्गसको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
दुई स्टकको शेयर यस दिन पनि सकारात्मक सर्किट लागेको छ। यस दिन एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे १२ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया